मोदी आज युद्धग्रस्त युक्रेन पुग्दै

२०८१ भाद्र ७, शुक्रबार

काठमाडौँ : पोल्यान्ड भ्रमण सकेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज अर्थात् शुक्रबार युक्रेन पुग्दै छन्। रुस र युक्रेनबीच युद्ध सुरु भएपछि प्रधानमन्त्री मोदीले पहिलोपटक युक्रेन भ्रमण गर्न लागेका हुन्।

यो भ्रमणको करिब डेढ महिनाअघि मोदीले रुसको भ्रमण गरेका थिए। युक्रेन भ्रमणको पहिलो चरणमा प्रधानमन्त्री मोदी पोल्यान्ड पुगेका थिए। पोल्यान्डको राजधानी वार्सामा भारतीयहरूलाई सम्बोधन गर्दै उनले भने- हामी बुद्धमा विश्वास गर्ने र युद्धमा विश्वास नगर्ने जनता हौँ।

उनले भारत यस क्षेत्रमा शान्तिको ठूलो वकालत गर्ने पनि बताए। उनले भने- यो युद्धको युग होइन भन्ने हाम्रो धारणा स्पष्ट छ। रुस भ्रमणका क्रममा उनले भारत युद्धको शान्तिपूर्ण समाधानको पक्षमा रहेको र रहिरहने बताएका थिए। साथै उनले यो प्रयासमा सहयोग गर्न भारत तयार रहेको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार