युक्रेन पुगे मोदी

२०८१ भाद्र ७, शुक्रबार

काठमाडौँ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज (शुक्रबार) युक्रेनको राजधानी किभ पुगेका छन्। सन् १९९१ पछि भारतीय प्रधानमन्त्रीको यो पहिलो युक्रेन भ्रमण हो। रुस र युक्रेनबीच युद्ध सुरु भएपछि भारतीय प्रधानमन्त्री मोदी पहिलोपटक युक्रेन भ्रमणमा गएका हुन्।

मोदी भ्रमणको पहिलो चरणमा पोल्यान्ड पुगेका थिए। त्यहाँका प्रधानमन्त्री डोनाल्ड टस्कसँगको कुराकानीपछि मोदीले भने, ‘युद्धको मैदानमा कुनै पनि समस्या समाधान हुन सक्दैन।’

प्रधानमन्त्री मोदीले यस क्षेत्रमा शान्ति स्थापनाका लागि हरसम्भव सहयोग गर्न तयार रहेको पनि बताएका थिए। प्रधानमन्त्री मोदीका अनुसार युक्रेन र पश्चिम एसियामा जारी द्वन्द्व हामी सबैका लागि गहिरो चिन्ताको विषय हो। युक्रेन जानु करिब डेढ महिनाअघि प्रधानमन्त्री मोदीले रुसको भ्रमण गरेका थिए। उनी पोल्यान्डबाट युक्रेनसम्म रेलमा गएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार