मुस्ताङको थासाङमा हिमपहिरो

२०८१ भाद्र ७, शुक्रबार

काठमाडौं : मुस्ताङको थासाङ गाउँपालिका-२ मा हिमपहिरो झरेको छ।

शुक्रबार दिउँसो बस्तीभन्दा माथिबाट ठूलो आकारमा हिमपहिरो झरेको हो । हिमपहिरो अहिले बस्तीभन्दा माथिको भागमा आएर खोंचमा अड्किएको छ। अहिले जोखिममा परेका बस्तीको ९ घरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

मुस्ताङको थासाङमा हिमपहिरो, स्थानीयलाई सुरक्षित स्थानमा सारियो हिमपहिरो स्थानीय बोक्सी खोलाभन्दा आधा घण्टामाथि रोकिएको छ । कुनै पनि बेला उक्त पहिरो बगेर तल आउने भएकाले जोखिम हुन सक्ने अनुमान छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले हिमपहिरो बस्तीमाथि अड्किएको बताए । हिमाली क्षेत्रबाट खसेको हिमपहिरो बस्तीभन्दा माथिको खोंचमा अड्किएको उनले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार