बाबाधाम तीर्थ यात्रा : एउटा फेला पर्दा अर्को वेपत्ता

२०८१ भाद्र १०, सोमबार

सप्तरी । भारतको झारखण्ड राज्य स्थित बाबाधाम (देवघर) जल अर्पणका लागी गएका एक ब्यक्ती १० दिनपछि सम्पर्क आएलगतै सप्तरीका अर्का तीर्थयात्री वेपत्ता भएका छन ।

पछिल्लो पटक विगत ८ दिन देखी बोदेबसाईन नगरपालिका ३ कुश्महार टोलका ६२ वर्षिय मिश्री लाल मण्डल सम्पर्क विहिन भएका हुन । घरका प्रमुख अभिभावक नै सम्र्पक विहिन भएपछि परिवारजन चिन्तामा डुबेका छन । मण्डल भदौ २ गते देखि आफन्त तथा गाउँका अन्य भक्तजन संग रेल चढी देवघरका लागी प्रस्थान गरेका थिए । बाबाधाम मन्दिरमा जल चढाएर घर फर्किने तयारी भइरहेका बेला अचानक उनी सम्पर्क विहिन भएको संगै गएका उनका ज्वाई देवकान्त मण्डलले बताए ।

”घर फर्किने तयारी गरीरहेका बेला बाबाधाम स्थित नौलखा मन्दिरको भीडमा उनी हराए, ज्वाइ देवकान्तले भने– ३–४ दिन उतै वसेर खोज तलास गर्दा पनि कतै फेला परेनन ।” आईतवार घर फर्केका परिवारजनले मण्डलको हुलिया विवरण सहितको निवेदन भारतीय प्रहरीलाई उपलब्ध गराइ खोज तलासका लागी सहयोग मागेको जनाएका छन ।

यस अघि सप्तरी कै राजगढ गाउँपालिका ३ पुरवारी टोलका ५३ वर्षिय राम विलास यादव बाबाधाममा हराएका थिए । साउन ३१ गते बाबाधाममा जल चढाए लगतै संगै गएका साथीहरु संग सम्र्पक विहिन भएका यादव १० दिन पछि अघिल्लो दिन शनीवार साँझ भारत विहार राज्यको दरभंगा रेल्वे स्टेशनमा फेला परेको थियो । भारतीय प्रहरी र स्थानीयवासीको सहयोगमा उदार गरी उनलाई घर ल्याइएको परिवारजनले जनाएको छ ।राजधानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार