पाकिस्तान : पाकिस्तानका बलुचिस्तान प्रान्तमा बसबाट यात्रा गरिरहेका २२ जनाको बन्दुकधारीले हत्या गरेका छन् । मारिनेहरू सबै पञ्जाव प्रान्तका वासिन्दा रहेको बीबीसीले उल्लेख गरेको छ । यो घटना बलुचिस्तानको मुसाखेल जिल्लामा भएको हो ।
समाचारअनुसार अज्ञात बन्दुकधारी समूहले ट्रक बसलाई रोकेका थिए । र ती सवारीसाधानमा रहेका मानिसहरूलाई बाहिर निकालेर गोली हानेका थिए । बलोचबाहेक अन्य यात्रीको हत्या गरिएको बीबीसीले जनाएको छ ।
आतंकवादी समूह बलुच लिबरेसन आर्मीले यो घटनाको जिम्मेवारी लिँदै विभिन्न क्षेत्रमा यातायात रोकेको जनाएको छ । बलुचिस्तानका विभिन्न राजमार्गहरूमा हतियारबन्द मानिसहरू देखिएको र त्यसैकारण यातायात रोकिएको जनाइएको छ ।