नेपाली समाजमा नैतिकता हराउँदै गयो : सभापति देउवा

२०८१ भाद्र १०, सोमबार

काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्व बिथोल्नेहरूलाई कारबाही गर्न आग्रह गरेका छन् । सोमबार काठमाडौँमा आयोजित गौरा पर्व विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेताहरू गौरा पर्व मनाउन पुग्दा केही युवाहरूले नेताहरूको विरोधमा नाराजुलुस गरेका थिए । सोही विषयमा बोल्दै सभापति देउवाले काठमाडौँमा आएर गौरा पर्वको कार्यक्रम बिथोल्नेहरूलाई काठमाडौँवासीले ठिक पार्नुपर्ने बताए । उनले विरोध गर्नेहरू पछाडि कसको हात छ र कुन तत्त्व त्यसको पहिचान गरी कारबाही गर्नुपर्ने बताए । उनले नेपाली समाजमा नैतिकता हराउँदै गएको बताए ।

उनले भने, ‘यो गौरा पर्व जो छ, यो अत्यन्तै सुदूरपश्चिम, कर्णालीका जिल्लाहरूमा मनाइन्छ । यो अत्यन्तै महत्त्वपूर्ण चाडपर्व हो । सुदूरपश्चिमको संस्कृति, कर्णालीको संस्कृतिलाई चिनाउन पनि गौरा पर्वले धेरै महत्त्व खेलेको छ ।’

सभापति देउवाले गौरा लगायतका चाडपर्वहरूले नेपालीहरूलाई एकतामा बाँध्ने विश्वास व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार