कांग्रेस-एमाले गठबन्धनको धरातल प्रदेश सरकारमा उदांगो भयो : सांसद सापकोटा

२०८१ भाद्र ११, मंगलवार

काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले दुई ठूला पार्टीहरूको गठबन्धनको धरातल प्रदेश सरकार गठन गर्दा उदांगो भएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै दुई ठूला दल स्वार्थको लागि मिलेको भन्ने पुष्टि भएको बताए।

उनले भने, ‘संघमा दुई ठूला दल मिलेर सरकार बनाएको झण्डै दुई महिना पुग्न लाग्यो। तर प्रदेश सरकारहरूको अवस्था हेर्दा यो समीकरणको धरातल उदांगो भएको छ। कोशीमा अझै सरकारले पूर्णता पाउन सकेको छैन। गण्डकीमा ७ मन्त्रालय छन् १० जना मन्त्रीको छलफल चलिरहेको छ, कर्णालीमा थप एक जना मन्त्री थपियो, बागमतीमा मन्त्रालयको टुंगो नलागी मन्त्रीहरूको शपथ छ।

लुम्बिनी र सुदूरपश्चिममा समेत मन्त्रालय थप्ने तयारी भएको छ। मधेशमा राज्यमन्त्री र मन्त्रीहरूको लर्को र मुख्यमन्त्रीलाई सम्बन्धित दलको स्पष्टीकरणले सबै कुरालाई हेर्दा बुझिन्छ।’ कर्णाली प्रदेशमा गरिएको एक सर्वेक्षणले एउटा मन्त्रालय बढाउँदा वार्षिक १० करोड लागत बढ्न जाने देखाएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार