प्रहरीकाे ३० वर्षे सेवा अवधि हटाउने आदेशविरुद्ध ‘भ्याकेट’ निवेदन दर्ता

२०८१ भाद्र ११, मंगलवार

काठमाडौं : ३० वर्षे सेवा अवधि पूरा भई अनिवार्य अवकाशमा जाने नेपाल प्रहरीमा कार्यान्वयन हुँदै आएको कानूनी व्यवस्था हटाउने आदेशविरुद्ध ‘भ्याकेट’ (पुनरावलोकन) निवेदन दर्ता भएको छ ।

कानून नबन्दै आएको अन्तरिम आदेश व्यवहारिक नभएको दाबी गर्दै गृह मन्त्रालय सर्बोच्चको अन्तरिम आदेश विरुद्ध ‘भ्याकेट’ निवेदन लिएर मंगलबार सर्बोच्च अदालत पुगेको हो । उक्त निवेदन आज (मंगलबार) दर्ता भएको  हो । गृह मन्त्रालय कानून महाशाखाका सहसचिव भरतमणी रिजालले ३० बर्षे सेवावधि हटाउन सर्बोच्चले गरेको अन्तरिम आदेश बिरुद्धको भ्याकेट निवेदन दर्ता भएको जानकारी दिए ।

‘नेपाल प्रहरीमा कार्यान्वयनमा रहेको ३० बर्षे सेवा अवधि हटाउने बिषयमा सर्बोच्चले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेशबिरुद्धको भ्याकेट निवेदन सर्बोच्चमा दर्ता भएको छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार