काठमाडौँ : नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ ।
मंगलबार साँझ भएको निर्वाचनको मतगणना सुरु भएको हो । एकीकृत समाजवादीमा १७ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्य चयनका लागि मतदान भएको हो । वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे सर्वसम्मत चयन भइसकेका छन् । यसअघि दशौँ महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा धनश्याम भुसाल चयन भएपनि बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयन हुन सकेको थिएन ।
जारी केन्द्रीय समिति बैठकबाटै पदाधिकारी र पोलिटब्युरो सदस्य सर्वसम्मत चयन गर्ने प्रयास भएपनि त्यो सम्भव नभएपछि एकीकृत समाजवादीमा निर्वाचन भएको हो ।





