एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित

२०८१ भाद्र १२, बुधबार

काठमाडौं : नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित भएकी छन्। मंगलबार भएको मतदानपछि भएको मतगणनामा एकीकृत समाजवादीको सचिव रहेकी झाँक्री जयन्ती राईसँग उपाध्यक्षमा पराजित भएकी हुन्।

अन्तिम नतिजाअनुसार राईले १८९ मत पाउँदा झाँक्रीले ११२ मत पाइन्। काठमाडौंको थापागाउँस्थित अर्पण बैंक्वेटमा जारी मतगणनमा अधिकांश पदमा अध्यक्ष माधवकुमार नेपालनिकट नेताहरु निर्वाचित भएका छन्। यद्यपी निर्वाचन समितिले अन्तिम मत परिणाम घोषणा गर्न भने बाँकी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार