कुलमानलाई हटाउनुपर्ने कुनै कारण छैन : मन्त्री खड्का

२०८१ भाद्र १२, बुधबार

काठमाडौं : उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले नेपाल प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउनुपर्ने कुनै कारण नभएको बताएका छन् । बुधबार निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत र सवस्टेशन निरीक्षण गर्न त्यहाँ पुगेका मन्त्री खड्काले यस्तो बताएका हुन् ।

‘राम्रो मान्छे जुनसुकै दलको होस्, राम्रो भन्न सक्नुपर्छ, कुलमानले राम्रो काम गर्नुभएको छ, उँहालाई सरकारले हटाउनुपर्ने कुनै कारण छैन,’ मन्त्री खड्काले भने ।

कुलमानबारे सरकारले यो गर्ने या त्यो गर्ने भनेर आएका भ्रामक प्रचारमा विश्वास नगर्न आग्रह गर्दै मन्त्री खड्काले सरकारले कुलमानलाई हटाउनेबारे कुनै तयारी नगरेको स्पष्ट गरे । ‘सडक र संसद्‌मा अनेकन कुरा उठेको छ, अनेक विवाद सुन्न पाइन्छ , कुलमानप्रति सरकारले कुनै धारणा बनाएको छैन, ‘ उनले भने ।

मन्त्री खड्काले भारतसँग १० हजार मेगावाट विद्युत ब्रिक्री भएको भन्दै बंगलादेशसँग यससम्बन्धी सल्लाह भइरहेको बताए । उनले आफू उर्जा मन्त्रालयमा भ्रष्टाचारको वि‍षयमा निर्मम ढंगले प्रस्तुत भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार