चट्याङ लागेर बालकको मृत्यु, हजुरआमा घाइते

२०८१ भाद्र १२, बुधबार

दैलेख : दैलेखमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । उनकी हजुरआमा भने गम्भीर घाइते भएकी छन् ।

गोठमा गएका बेला चट्याङले लागेर आठबिस नगरपालिका वडा नम्बर ५ पिपलबोटमा दुई वर्षीय बालकको ज्यान गएको हो । चट्याङ लागेर उनकी ४१ वर्षीया हजुरआमा कमला बिष्ट गम्भीर घाइते भएकी छन् ।

गोठमा गएका बेला पानी परेपछि आफन्तको घरमा ओत लाग्न पुगेका बेला उनीहरुलाई चट्याङले हानेको थियो । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार