काठमाडौं : सशस्त्र प्रहरी बलका ४ जना नायब महानिरीक्षक (डीआईजी) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ ।
गृह मन्त्रालयको साउन ३२ गतेको निर्णयानुसार सरुवा गरिएको सशस्त्र प्रहरीको प्रधान कार्यालयबाट बुधवार जारी विज्ञप्तिमा उल्लेख छ ।जसअनुसार डीआईजी अभिकुमार खत्रीलाई मानव स्रोत विभागमा सरुवा गरिएको छ । यस्तै अर्का डीआईजी दुर्गाप्रसाद भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरिएको हाे ।
एसएसपी कृष्णराज पाठकलाई कैलालीको बडीमालिका जवान तालिम शिक्षालय तथा अर्का एसएसपी विनोदराज श्रेष्ठलाई सीमा सुरक्षा विभागमा खटाइएको छ ।











