घरभित्र निदाइरहेका गिरी पहिरोसँगै सेती नदीमा झरे

२०८१ भाद्र १३, बिहीबार

बझाङ : छबिसपाथिभेरा-१ परिङ्गालका पहिरो जाँदा घरसहित एक युवक सेती नदीमा खसेका छन्।

छबिसपाथिभेरा गाउँपालिका-१ परिङ्गाल मालुझेलमा रहेको झोलुङ्गे पुलस्थित पश्चिमतिर बस्दै आएका ३६ वर्षीय करन गिरी मुनीबाट राति १२ बजे पहिरो खस्दा घरसहित सेती नदीमा खसेका हुन्। रातिको समयमा ठूलो आवाजसहित खसेको पहिरोले मालुझेलसहित निदाइरहेका गिरी र घर एक्कासी सेती नदीमा झरेको थियो ।

सेती नदीमा खसेपछि गुहार मागेका गिरीलाई स्थानीय  दिपेन्द्र खड्का,अर्जुन गिरी र सुरक्षाकर्मीले उद्दार गरेका छन्। उनको शरिरभर चोट लागेको छ। घटनाको थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार