उदयपुरमा घुङ्घी टिप्न गएकी महिलाको खेतमा डुबेर मृत्यु

२०८१ भाद्र १३, बिहीबार

उदयपुर : घुङ्घी (खाने जातको शंखे किरा) संकलन गएकी उदयपुरकी एक महिलाको खेतमै मृत्यु भएको छ। बुधबार घुङ्घी संकलन गर्न खेतमा गएकी त्रियुगा नगरपालिका ११ की तारा भुजेलको खेमै डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

घुङ्घी टिप्दाटिप्दै बिरामी भएकी उनी खेतमा डुबेर बेहोस अवस्थामा भेटिएकी थिइन्। स्थानीयले उनको तत्काल उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल ल्याएकोमा चिकित्सकले मृत घोषित गरेको प्रहरी भनाई छ।

डाक्टरका अनुसार उनी मिर्गी (छारे रोग) को बिरामी भएकाले खेतमै ढलेर मृत्यु भएको हुनसक्ने अनुमान छ। घट्नाको जिल्ला प्रहरी कार्यालय उदयपुरले पुष्टि गरेको छ। मृतकको शव पोष्टर्माटमका लागि जिल्ला अस्पतालमै राखिएको र घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार