सुनको मूल्यले बनायो नयाँ रेकर्ड

२०८१ भाद्र १३, बिहीबार

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले बढेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार १ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले बढेर १ लाख ५३ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला १८ सय ५५ रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले घटेर १८ सय ३० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार