महामन्त्रीसँग सहमति जुट्न नसकेपछि देउवाले बोलाए पदाधिकारी बैठक

२०८१ भाद्र १३, बिहीबार

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक बोलाएका छन्। शनिवार विहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको बुझिएको छ।

१६ भदौमा बस्ने केन्द्रीय समिति अघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति खोज्न सभापति देउवाले शीर्ष नेताहरूको बैठक बोलाएका हुन्।

सभापति देउवाले प्रतिवेदनबारे मङ्गलवार र विहीवार उपसभापति र महामन्त्रीसँग छलफल गरेका थिए। तर, छलफलमा सहमति जुट्न नसकेपछि पदाधिकारी बैठक बोलाइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार