गगन थापाले प्रचण्डलाई भने: ‘आफूले लगाएको आगोले आफैंलाई जलाउनसक्छ’

२०८१ भाद्र १३, बिहीबार

काठमाडौँ : कांग्रेस महामन्त्री गगन थापाले नेपाललाई बंगलादेश बनाइदिने भन्दै प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै जिम्मेवार भएर विपक्षीको भूमिका निर्वाह गर्न चेतावनी दिएका छन् । उनले प्रमुख विपक्षी दल भनेको सरकारको मात्र विपक्षी हुने मुलुक र राज्यप्रणालीको विपक्षी नहुने उल्लेख गरे ।

‘अपोजिसनमा बसेको यत्रो वर्ष शासन चलाएको नेता, फेरि कुनैपनि बेला जिम्मेवारी लिनुपर्ने पनि होला’ उनले माओवादी अध्यक्ष दाहाललाई भने,’एकछिनको लाभको लागि आफ्नो दलका साथीहरूलाई क्षणिक कुरामा खेल्नका लागि सजिलो होला तर आफूले लगाएको आगोले आफैंलाई जलाउनसक्छ ।’

उनले उत्तेजनाको राजनीतिक बिक्छ भनेर जे पनि बोल्ने प्रबृति बढेको र त्यसका बाछिटाहरू संसद्‌मा पनि देखिन थालेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार