वीर अस्पतालको नर्सिङ इन्चार्ज सुभद्रा रेग्मीको निधन

२०८१ भाद्र १४, शुक्रबार

काठमाडौं : वीर अस्पताल ईन्टरनल मेडिसिन विभागको नर्सिङ इन्चार्ज सुभद्रा रेग्मीको निधन भएको छ ।

वीर अस्पतालमै एन्जीयोप्लास्टी गरिसकेपछि अचानक स्वास्थ्यमा समस्या आउँदा बिहिबार दिउसो उनको निधन भएको हो । बुधबारसम्म डिउटीमै खटिएकी रेग्मी आज पूर्वनिर्धारित योजना अनुसार साघुरिएको मुटुको इलाज गर्न आँफैले गाडी चलाएर काम गर्न वीर अस्पताल पुगेकी थिईन् ।

परीक्षणपछि त्यहाँका मुटु विभागका चिकित्सकहरुले एन्जीयोप्लास्टी गरेर साँघुरिएको दुईवटा रक्तनलीमा स्टेन्ट हालेका समेत थिए । अचानक उनको स्वास्थ्य विग्रिया, मुटु बन्द भएकाे अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले बताए ।

साँघुरिएको मुटुको रक्तनलीमा स्टेन्ट हाल्नका लागि वीरकै विभागमा भर्ना भएकी थिइन्। तर एक्कासी कम्प्लिकेसन आयो,’ डा.पौडेलले भने, ‘हामी सबै वीर परिवार नै स्तव्ध छौँ ।’ मृतक रेग्मीको एक जना छोरी विदेशबाट आउनु पर्ने भएकोले उनको शवलाई त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
2
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार