टुरिष्ट बस एशोसिएसनकाे अध्यक्षमा न्यौपाने

२०८१ भाद्र १४, शुक्रबार

काठमाडाैं : पर्यटक बस व्यवसायीहरूको छाता संस्था टुरिष्ट बस एशोसिएसन अफ नेपाल (टिवान)को अध्यक्ष पदमा भीष्मप्रसाद न्यौपाने निर्वाचित भएका छन् ।

टिवानको बिहीबार सम्पन्न १३औँ वार्षिक साधारणसभा एवं सातौँ अधिवेशनबाट न्यौपानेको नेतृत्वमा सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । नवनिर्वाचित अध्यक्ष न्यौपाने चितवन सफारीका प्रबन्ध निर्देशक हुन् ।

यस्तै, टिवानको प्रथम उपाध्यक्षमा दीपक भट्टराई, द्वितीय उपाध्यक्षमा अशोक अर्याल र महासचिवमा प्रकाशचन्द्र अधिकारी निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक श्रीकान्त आचार्यले जानकारी दिए । कोषाध्यक्षमा चिरञ्जीवी गिरी, सदस्यहरूमा रमेश पौडेल, सुजन दाहाल र छविलाल घिमिरे भएकाे निर्वाचन संयोजक आचार्यले बताए ।

पर्यटक बसमार्फत मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको टिवानले हाल मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट पोखरा, चितवन, लुम्बिनी, जनकपुरलगायत स्थानमा सेवा प्रदान गर्दै आएको छ ।

नवनिर्वाचित अध्यक्ष न्यौपानेले आफ्नो कार्यकालमा मुलुकको सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बसपार्क निर्माणका लागि पहल गर्ने बताए । यस्तै, पर्यटक बस सञ्चालनका क्रममा देखिएका समस्या समाधानमा आफू लाग्ने विश्वास व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार