एमालेका संगठित सदस्यले मात्रै फलो गर्दा पनि अध्यक्षको फलोअर्स अहिलेको दोब्बर हुन्छ : झाँक्री

२०८१ भाद्र १९, बुधबार

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साह (बालेन्द्र) समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चलाएको अनफलो अभियानको नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले प्रतिवाद गरेकी छिन् ।

ओलीको सामाजिक सञ्जाल फेसबूकमा अनफलो अभियान चलाइएपछि झाँक्रीले सामाजिक सञ्जाल ट्विटर (एक्स)मार्फत् प्रतिक्रिया दिएकी हुन् । ‘एमाले पार्टीका संगठित सदस्यहरूले मात्र फलो गर्दा पनि अध्यक्षको फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ,’ झाँक्रीले लेखेकी छिन् । ओलीको पेज अनफलो अभियान चलाइएपछि नेकपा एमालेका कार्यकर्ता पनि बालेनविरुद्ध आक्रोशित बनेका छन् ।

नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्माले घरमा बाल मजदुर राखेको विषयमा लेखिएको फेसबूक स्टाटस हटेपछि बालेनले क्रुद्ध हुँदै अर्को सन्देश लेखेका थिए । त्यसपछि बालेन समर्थकले ओलीविरुद्ध अनफलो अभियान चलाएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार