
काठमाडौँ : भदौ १६ गते ललितपुरको च्यासलस्थित दोबान खोलामा हामफालेकी युवतीको शव मकवानपुरमा फेला परेको छ।
उनको शव बागमती गाउँपालिका–९ बेतिनी गैरिगङ्गास्थित बागमती नदीमा मंगलबार फेला परेको प्रहरीले जनाएको छ। मृतकका आफन्तले शवको सनाखतसमेत गरिसकेका छन्।
पुलबाट दोबान खोलामा हामफालेपछि प्रहरीले खोजतलासका क्रममा पुलमुनी रुकुम मुसीकोट घर भएकी २० वर्षीया अन्जली शर्माको ब्याग फेला परेको थियो।