ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु

२०८१ भाद्र २०, बिहीबार

पाँचथर : पाँचथरको हिलिहाङ गाउँपालिकामा मोटरसाइकल कुदाइरहेको अवस्थामा सडकमाथिदेखि खसेको ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा मोरङको सुन्दरहरैंचा नगरपालिका-११ सलकपुरका २६ वर्षीय उद्वव ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हेमन्त भण्डारीले जानकारी दिए । ढकाल काबेली ए जल विद्युत आयोजनामा कार्यरत थिए । उनलाई बुधबार हिलिहाङ-१ हाङदे भन्ने स्थानमा बिहान साढे नौ बजे मोटरसाइकल कुदाइरहेको अवस्थामा सडक माथिदेखि खसेको ढुङ्गाले लागेको थियो ।

ढुंगाले लाग्दा सख्त घाइते भएका ढकाललाई उपचारका लागि पाँचथर अस्पताल ल्याइ पुर्‍याउॅदा चिकित्सकले मृत घोषणा गरेका थिए । डीएसपी भण्डारीका अनुसार मोटरसाइकलको पछाडि सवार काठमाडौंको मनोहरा नगरपालिका-९ घर भएका तुलसीबहादुर खड्का पनि घाइते भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार