८ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

२०८१ भाद्र २०, बिहीबार

काठमाडौं : भक्तपुरमा ८ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। काठमाडौं शंकरापुर नगरपालिका-१ गागलफेदी घर भई भक्तपुर नगरपालिका-६ नगरकोट बेसीटोल बस्ने २९ वर्षीय निरोज लामा पक्राउ परेका हुन्।

उनलाई प्रहरी प्रभाग खरीपाटीबाट खटिएको टोलीले बुधबार साँझ पक्राउ गरेको हो। लामाविरूद्ध बालिकालाई बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार