संविधान दिवसमा ४९२ जना कैदीबन्दीलाई रिहा गर्न सिफारिस

२०८१ भाद्र २०, बिहीबार

काठमाडौँ : संविधान दिवसमा रिहा हुनेगरी ४९२ जना कैदीबन्दीको कैद कट्टा गर्न सिफारिस गरिएको छ ।

कारागार व्यवस्थापन विभागले कैदकट्टाबारे निर्णय गर्न गृह मन्त्रालयमा सिफारिस गरेको हो । असोज ३ मा रिहा हुनेगरी ४९२ जनाको कैदकट्टा गर्न सिफारिस गरिएको कारागार व्यवस्थापन विभागका महानिर्देशक जयनारायण आचार्यले बताए । यसअघि गणतन्त्र दिवसको अवसरमा कैदकट्टा गर्न सिफारिस भएकाहरूको पनि निर्णय भएको छैन ।

जेठ १५ मा ६०१ जनालाई कैदकट्टा गर्न विभागले सिफारिस गरेको थियो । सिफारिस भएका कुल १ हजार ९३ जनाबारे गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ । त्यसबारे निर्णय भएपछि उनीहरू रिहा हुन्छन् ।

फौजदारी कसुर सजाय निर्धारण ऐन आउनुअघि सजायबारे फैसला भएका कैदीहरुले ४० प्रतिशत कैद भुक्तान गरेपछि ६० प्रतिशत सजाय छुट पाउने व्यवस्था थियो । फौजदारी कसुर सजाय निर्धारण ऐन आएपछि ५० प्रतिशत कैद भुक्तान गरेका र नकारात्मक सूचीमा नपरेकाहरुको कैद कट्टा गरिन्छ । जन्मकैद पाएका र लागु औषध मुद्दामा जेल परेकाहरूले कैद छुट पाउँदैनन् ।

यसबारे विभागले सार्वजनिक सूचना पनि जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार