मोटरसाइकलको ठक्करले बालकको मृत्यु

२०८१ भाद्र २१, शुक्रबार

बिर्तामोड : झापाको कनकाई नगरपालिका वडा नं. ५ चप्रामारीस्थित भित्री सडक खण्डमा बिहीबार साँझ मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

साँझ ५ बजे सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको प्र १–०१–०१७ प ४३७० नं.को मोटरसाइकलले बाटो क्रस गर्दै गरेका सोही ठाउँ बस्ने सुन्तली टुडूका छोरा अन्दाजी ४ वर्षीय आर्यन टुडूलाई ठक्कर दिई घाइते बनाएको थियो । घाइतेलाई उपचारको लागि बिर्ता सिटी अस्पताल बिर्तामोडमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल लगिएकोमा अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

ठक्कर दिने मोटरसाइकल र चालक झापा गाउँपालिका वडा नं. २ बस्ने २४ वर्षीय वसन्त मुखियालाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार