ताप्लेजुङमा आगलागीले दुई घर जलेर नष्ट

२०८१ भाद्र २१, शुक्रबार

ताप्लेजुङ : ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका वडा नं ३ तिरिङ्गेको खानी भन्ने स्थानमा बिहीबार भएको आगलागीमा दुईवटा घर जलेर नष्ट भएका छन्।

स्थानीय देउमान बिष्टका अनुसार देवीप्रसाद इजम र डम्बरबहादुर इजमका घर जलेर नष्ट भएका हुन्। विद्युत सर्ट भइ आगलागी भएको हुनसक्ने स्थानीयले अनुमान लगाएका छन्। घर,अन्नपात,लत्ताकपडा सबै जलेर नष्ट भएको स्थानीयले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार