गैंडाको आक्रमणबाट बर्दियामा एकजना गाइडको मृत्यु, २ जना घाइते

२०८१ भाद्र २१, शुक्रबार

काठमाडौं : बर्दियाको मधुवन नगरपालिका–६ मा गैंडाको आक्रमणबाट एक जना गाइडको मृत्यु भएको छ । एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन् ।

नेपाली सेनाका अनुसार, बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाकामा पर्ने डल्ला सामुदायिक वनमा गैंडाको आक्रमणबाट शुक्रबार गाइडको मृत्यु भएको हो । घाइतेमध्ये विदेशी नागरिकको अवस्था भुरीगाउँ नगर अस्पतालमा उपचार भइरहेको छ भने अर्का घाइतेको अवस्था सामान्य रहेको सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार