विद्यालयमा आगलागी हुँदा १७ बालबालिकाको मृत्यु

२०८१ भाद्र २१, शुक्रबार

काठमाडाैं : मध्य केन्याको एउटा विद्यालयको छात्रावासमा आगलागी हुँदा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको छ ।

न्येरी काउन्टीको हिलसाइड एन्डारासा एकेडेमीमा करिब मध्यरातमा आगलागी भएको हो । आगलागीको समयमा बालबालिकाहरू सुतिरहेका थिए । आगलागीबाट केही विद्यार्थी घाइते भएका छन् । घटनास्थलमा फेला परेका शव चिन्न नसकिने गरी जलेका छन् । घटनास्थलमा थप शव फेला पर्ने सम्भावना छ।

आगो के कारणले लागेको हो भन्नेबारे थाहा नभएको त्यहाँको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार