काठमाडौं : केन्याको एक विद्यालयमा आगलागी हुँदा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको छ ।
प्रहरीले यसको पुष्टि गर्दै बिहीबार राति न्यारी काउन्टीस्थित हिलसाइड अन्द्राशा प्राइमरीमा लागेको आगलागीको कारण नखुलेको जनाएको छ ।
धेरै बालबालिका गम्भीर घाइते अवस्थामा अस्पताल भर्ना भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।
यस विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । यो एक निजी बोर्डिङ स्कुल हो, जहाँ ६ देखि १४ वर्षका बालबालिका अध्ययन गर्छन्।
समाचार एजेन्सी एएफपीका अनुसार यहाँ करिब ८०० बालबालिका अध्ययन गर्छन्।