ट्रम्पलाई सजाय सुनाउने प्रक्रिया राष्ट्रपति चुनावसम्मका लागि स्थगन

२०८१ भाद्र २२, शनिबार

काठमाडौँ : अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई म्यानहट्टन हस मनी आपराधिक मुद्दामा सजाय सुनाउने प्रक्रिया आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावसम्मका लागि स्थगन गरिएको छ।

बीबीसीका अनुसार शुक्रबार न्यायाधीश जुआन मार्चेनले ट्रम्पको सजाय तोक्ने मिति नोभेम्बर २६ सम्मका लागि स्थगन गर्ने निर्णय गरेका हुन्।

डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीबाट आगामी राष्ट्रपति चुनावका उम्मेदवार हुन्। माथि उल्लिखित मुद्दामा यही सेप्टेम्बर १८ मा सजाय तोक्ने निर्णय थियो। तर ट्रम्पका वकिलहरूको प्रयासले राष्ट्रपति चुनावसम्मलाई त्यो प्रक्रिया स्थगन गरिएको हो।

मे महिनामा, न्युयोर्कको एक निर्णायक मण्डलले ट्रम्पलाई फर्जी व्यापार रेकर्ड र अपराध गरेकोमा दोषी ठहर गरेको थियो। अमेरिकामा पूर्वराष्ट्रपतिलाई अपराधमा दोषी ठहर गरेको यो पहिलोपटक हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार