२१७ किलो गाँजा सहित एक भारतीय र दुई नेपाली पक्राउ

२०८१ भाद्र २२, शनिबार

लहान : सिरहा प्रहरीले ठूलो परिमाणमा गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ। सिरहाको कर्जन्हा नगरपालिका-१० स्थित पश्चिमी सीमाक्षेत्रबाट भारत र नेपालका तीन जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा भारत बिहार राज्य मधुवनी जिल्लाका २० वर्षीय किसुन मुखिया, मकवानपुर जिल्ला मनहरी गाउँपालिका-९ का ६२ वर्षीय खडकबहादुर तामाङ, र सिरहाकै कर्जन्हा नगरपालिका-१० का ४० वर्षीय चानोदेवी मुखिया रहेका छन्।

प्रहरी चोकी कर्जन्हा र इलाका प्रहरी कार्यालय मिर्चैया सिरहाको टोलीले गोप्य सूचनाका आधारमा शुक्रबार दिउँसो उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले स्थानीय ४५ वर्षीय बिहारी मुखियाको गोठघरबाट प्लास्टिकको १४ वटा पोकामा लुकाइ राखिएको २१७ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिएका छन्।

हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार