सुनसरीबाट २४५ किलो गाँजा बरामद

२०८१ भाद्र २५, मंगलवार

काठमाडौं : सुनसरीबाट २४५ किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरी बलले बराहक्षेत्र नगरपालिका-६ स्थित शिसौलीघाटबाट करिब २४५ किलो गाँजा बरामद भएको सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सप्तकोशी नदी हुँदै उत्तरबाट दक्षिणतर्फ गाडीको ट्युबमा बाधेर ल्याउँदै गरेको ८ बोरा गाँजा र ३ थान ट्युब सशस्त्र प्रहरी बलले बरामद गरेको हो। सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश चतरा र नेपाल प्रहरीको संयुक्त टोलीले उक्त गाँजा र ट्युब बरामद गरेको हो।

बरामद गाँजा र ट्युब आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार