कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले सुरु गरे आमरण अनशन

२०८१ भाद्र २५, मंगलवार

विराटनगर : कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन सुरु गरेका छन् । १० वर्ष मुनिका बालबालिकाका लागि नि:शुल्क उपचार सेवाको माग गर्दै उनी आमरण अनशन बसेका हुन् ।

जिल्ला प्रशासन कार्यालयले मंगलबारमात्र निषेधित क्षेत्र तोकेको प्रदेशसभा सचिवालय अगाडि कार्कीले अनशन सुरु गरेका हुन् ।

कार्कीले बजेटमा २५ लाख भन्दा तलका योजना राख नहुने, शैलजा आचार्य हृदयरोग केन्द्र सञ्चालन गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता दिनुपर्ने, घिउ तथा धुलो दूधको निर्यातमा प्रोत्साहन रकम दिन पनि माग गरेका छन् ।

त्यस्तै सुनसरी-मोरङ केसलिया करिडोर विकास कार्यक्रम अघि बढाउन, कृषि प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति दिन, डाक्टर, इन्जिनियरलगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति दिन र जनावरमैत्री जंगल कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार