कोशीका पूर्वमुख्यमन्त्री कार्की प्रहरीकाे नियन्त्रणमा

२०८१ भाद्र २५, मंगलवार

काठमाडौं : कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई अनसनस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

अनसनस्थलबाट अहिले भर्खरै नियन्त्रणमा लिएर प्रहरीले भ्यानमा राखेर कार्कीलाई जिल्ला प्रहरी कार्यालय मोरङतिर लगेको छ। मंगलबार साँझ ठूलो संख्यामा अनसनस्थलमा पुगेको प्रहरीले पूर्वमुख्यमन्त्री कार्कीलाई नियन्त्रणमा लिने प्रयास गर्दा कार्कीका समर्थक र प्रहरीबीच घम्साघम्सी समेत भएको थियो।

पूर्वमुख्यमन्त्री कार्की प्रदेशसभा भवन अगाडि रहेको वनसखण्डी मन्दिर अगाडि अनसन बसेका थिए। अहिले कार्कीका समर्थकहरूले प्रहरी दमन भएको भन्दै अनसनस्थलमा नाराबाजी गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार