बैतडी ; बैतडीमा जीप दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
मंगलबार सुर्नया– ८ ढुंगाकोटमा सु.प.प्र.०१०० ज १३५४ नम्बरको जीप दुर्घटना हुँदा स्थानीय १८ वर्षीया सविना महराको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ । सविनाको उपचारको क्रममा धनगढीस्थित निसर्ग अस्पतालमा मृत्यु भएको बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
दुर्घटनामा जीप चालक सुर्नया गाउँपालिका– ७ का लालबहादुर कुँवरसहित चार जना घाइते भएका छन् । चालक कुँवर, सुर्नया–८ का २१ वर्षीय कृष्ण मडै, सोही ठाउँका ४५ वर्षीय मानबहादुर महरा र ४० वर्षीय धनबहादुर महराको अवस्था सामान्य छ ।
घटनापछि चालक लालबहादुर कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





