राष्ट्र बैंकले १३ गतेबाट सुकिला नोटको वितरण गर्ने

२०८१ भाद्र २६, बुधबार

काठमाडौँ : नेपाल राष्ट्र बैंकले दसैँका लागि असोज १३ गतेबाट सुकिला नोट सटही गर्ने भएको छ।

बैंकले सूचना जारी गर्दै मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरुमार्फत नोट सटही गर्ने व्यवस्था मिलाएको हो। नयाँ नोट सटही नगरेको राष्ट्रबैंकले यस पालि पुरानै नोटहरुलाई बजारमा पठाउन लागेको हो।

बैंकले सकिला नोटहरु इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट सटही गर्न पाउने व्यवस्था गरेको छ।

बैंकले असोज २२ गतेसम्म नोट सटही गर्ने व्यवस्था गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार