धरान : धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङले आफूलाई र काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई जेल हाल्ने योजना भइरहेको दाबी गरेका छन्।
बुधबार सामाजिक सञ्जालमा लेख्दै मेयर साम्पाङले आफूलाई र मेयर बालेन्द्र साहलाई जेल हाल्ने योजना भइरहेको बताएका हुन्। उनले लेखेका छन्, ‘बालेन र मलाई जेल हाल्ने सम्मको योजना छ रे उनेरुको !’
यता काठमाडौं महानगरले नदी तटको मापदण्ड थप २० मिटर कायम गर्न लागेको छ। सर्वोच्च अदालतले नदी तटको मापदण्ड थप २० मिटर कायम गर्नबारे दिएको आदेशलाई आधार मानेर उक्त काम गर्न लागेको मेयर साहले बताएका छन्।
तर प्रधानमन्त्री केपी शर्मा ओलीले नै सर्वोच्चको फैसलालाई पुनरावलोकन गर्नुपर्ने बताएका थिए। यता मेयर साहले भने तीन वर्षअघिको फैसलालाई सोही समयमा किन पुनरावलोकन नगरेको भन्दै प्रश्न गरेका थिए।





