अर्घाखाँची दुर्घटनामा मृत्यु भएका पुरुषको सनाखत

२०८१ भाद्र २७, बिहीबार

अर्खाखाँची : अर्खाखाँचीमा बुधबार भएको जिप दुर्घटनामा मृत्यु भएका पुरुषको सनाखत भएको छ।

मृतक अर्घाखाँचीकै छत्रदेव गाउँपालिका वडा नम्बर-५  टुनीचौरका ६५ वर्षीय रामप्रसाद पन्थी रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। बुधबार बिहान शितगंगा नगरपालिका- १२ हिलेखोलास्थित सन्धिखर्क गोरुसिंगे सडकखण्डमा लु १ ज ४७६३ नम्बरको डबल क्याप जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका थिए।

घाइतेमध्ये एकजनाको उपचारको क्रममा मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार