देउवाजीले मलाई प्रधानमन्त्री प्रस्ताव गर्नुभएको थियो : रवि लामिछाने

२०८१ भाद्र २७, बिहीबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको अफर गरेको खुलासा गरेका छन्। बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै लामिछानेले आफू गृहमन्त्री हुँदा देउवा स्वयंले भेटेर आफूलाई प्रधानमन्त्रीको अफर गरेको खुलाएका हुन्।

‘तपाईंहरूले कहिले प्रधानमन्त्री त कहिले शेरबहादुर देउवालाई भेट्न गयो भनेर गलत म्यासेज लेखिदिनुहुन्छ तर मैले शेरबहादुर देउवाजीलाई भेटेकै छैन,’ लामिछानेले भने, ‘शेरबहादुरजीलाई मैले गएर भेटेकै छैन। तर कुनैबेला उहाँले नै प्रधानमन्त्री प्रस्ताव लिएर आउँदा भेट भएको थियो। उहाँले नै मलाई भेट्नुभएको हो त्यसपछि भेटेको छैन।’

केही समयअघि कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले प्रधानमन्त्रीको प्रस्ताव कसले गर्‍यो भनेर नाम खुलाउन चुनौती दिएका थिए। लामिछानेले अफवाह फैलाएर आफ्नो टिआरपी बढाउन खोजेको कांग्रेसका सांसदहरूको आरोप लगाएका थिए। लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुखविरूद्ध अविश्वासको प्रस्ताव लैजानु घातक हुने बताएका छन्।

प्रधानमन्त्री ओली र सभापति लामिछानेबीच मंगलबार साँझ भेटवार्ता भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार