पहिरोले अवरुद्ध बनेकाे पाथीभरा जाने सडक सञ्‍चालनमा

२०८१ भाद्र २७, बिहीबार

ताप्लेजुङ : अविरल वर्षापछि आएको पहिरोले अवरुद्ध ताप्लेजुङस्थित पाथीभरा मन्दिरतर्फ जाने सडक सञ्‍चालनमा आएको छ।

फुङलिङ नगरपालिका वडा नं. १० फुरुम्बुको सेवारो चोकस्थित काफ्लेपाटी सडकखण्डमा बाटो झरेको पहिरो पन्छाएर यातायात आवागमन सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक बिवेक बस्नेतले जानकारी दिए।

उनका अनुसार सुकेटार विमानस्थल सुरक्षा गार्डमा कार्यरत प्रहरी टोली र स्थानीयको अगुवाईमा जेसिभी मेसिनमार्फत पहिरो पन्छाई अवरुद्ध सडक सुरु गरिएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार