कांग्रेस–एमाले मिल्दैमा अरु पार्टी सकिँदैनन् : देउवा

२०८१ भाद्र २७, बिहीबार

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विगतमा नेकपा एमालेको सरकार हुँदा आफ्नो पार्टीका नेता–कार्यकर्ताहरु डराएको भए पनि अहिले त्यस्तो अवस्था नरहेको बताएका छन् ।

आज सानेपास्थिन नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आयोजित कांग्रेसले नेतृत्व गरेका उत्कृष्ट गाउँ–नगरपालिकालाई सम्मान कार्यक्रममा बोल्दै देउवाले कांग्रेस–एमाले सरकार बनेपछि भने खुशी रहेको टिप्पणी गरेका हुन् । उनले भने, ‘एमाले र माओवादी एक ठाउँ हुँदा पार्टीका साथीहरू चिन्तित थिए । यी सबै कुरालाई हेरेर एमालेसँग सहकार्य भएको हो । ओलीले दुई वर्ष सरकार चलाएपछि कांग्रेसलाई छोडिदिनु हुन्छ ।’ देउवाले दुई पार्टी मिलेपछि अरु सिधिन्छन् भन्ने चिन्ता नलिन समेत आग्रह गरे । उनले भने, ‘दुई पार्टी मिलेपछि अरू सिधिन्छन् भन्छन् । हाम्रो उद्देश्य यस्तो होइन । एमालेको पनि यस्तो सोच देख्दिनँ ।’

देउवाले भोलि पार्टी सभापति हुने नेताले पार्टीबारे चिन्ता लिनुपर्ने बताएका छन् । उनले भने, ‘भोलि आउने नेताले, सभापति हुने नेताले पार्टीको चिन्ता गर्नु, मैले पनि चिन्ता गरेको छु । भोलिका दिन चुनौतीसँगै अवसर छन् ।’ महामन्त्री गगन थापाले जनतासँग केही वाचा गरेर जिम्मेवारी पाएको भन्दै सोहीअनुसार जिम्मेवारी पूरा गर्न स्थानीय तहका जनप्रतिनिधिहरूसँग आग्रह गरे ।

उनले संघ सरकारभन्दा स्थानीय सरकारले महत्वपूर्ण काम गरेको बताए । उनले भने, ‘हामी संघीयतालाई मजबुत बनाउन चाहान्छौँ । हिजो संविधान बनाउँदा कति कुरामा ध्यान नपुगेका होलान् त्यसलाई पुनारावलोकन गर्न आवश्यक छ । यसमा कांग्रेस र एमाले सहमत भएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
1

ताजा समाचार