गणेश बस्नेतलाई सोधपुछ मात्र गर्न खोजिएको हो : साइबर ब्यूरो

२०८१ भाद्र २७, बिहीबार

काठमाडौँ : प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई नियन्त्रणमा लिन बागबजारस्थित हार्दिक होटलमा पुगेको साइबर ब्यूरोको टोली फर्किएको छ ।

हार्दिक होटलमा पत्रकारहरूसँग ‘विवाद’ भएपछि इन्स्पेक्टर नेतृत्वको टोली पछि हटेको हो । बस्नेतले सञ्चालन गरेको अनलाइन पोर्टलमा प्रसारण भएको भिडियोको विषमा निवेदन परेपछि ब्यूरोले उनलाई नियन्त्रणमा लिन खोजेको थियो । प्रेस काउन्सिलको कानुन मिचेर प्रहरीले उनलाई नियन्त्रणमा लिन खोजेपनि पत्रकारहरूको विरोधका कारण बस्नेत सहभागी कार्यक्रम स्थलबाट प्रहरी फर्किन बाध्य भएको छ ।

बस्नेतलाई सोधपुछ मात्र गर्न खोजिएको साइबर ब्यूरोका एसपी दीपक राज अवस्थीले बताए । उनले भने, ‘सोधपुछ मात्र गर्न खोजेका हौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार