पूर्वसांसद ढाका कुमार श्रेष्ठ पक्राउ

२०८१ भाद्र २७, बिहीबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाका कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई पोखराबाट पक्राउ गरिएको कास्कीका एसपी मोहन कुमार थापाले हाम्रोदेशलाई बताए ।

कास्कीको पोखरा महानगरपालिका– २ बाग्लुङ बसपार्कमा ट्रुपेन (टपान्टाडोल) नामक ९७ पिस ट्याब्लेटसहित पक्राउ परेका प्रकाश थापामगरको बयानका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको पाइएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका–७ घर भएका थापामगरले उक्त ट्याब्लेट श्रेष्ठ सञ्चालक रहेको पोखराको पृथ्वीचोकस्थित दिया फार्मेसीबाट खरिद गरी ल्याएको बयान दिएका थिए । उक्त ट्याब्लेट डाक्टरको प्रस्क्रिप्सनबिना बिक्री–वितरण गर्न पाइँदैन ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले श्रेष्ठको फार्मेसीबाट डाक्टरको प्रेस्क्रिप्सनबिनै ट्रुपेन बिक्री गरेको पाइएपछि उनलाई पक्राउ गरिएको बताए । उनलाई जिल्ला अदालत कास्कीमा लागुऔषध बिक्री–बितरण तथा ओसारपसार मुद्दामा म्याद थपेर अनुसन्धान भइरहेको एसपी थापाले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार