लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त

२०८१ भाद्र २८, शुक्रबार

काठमाडौँ : लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवाली नियुक्त भएका छन्। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सीईओ नियुक्त गरेको हो।

यसअघि उनी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ भएका थिए। उनी राष्ट्रिय योजना आयोगको सदस्य पनि नियुक्त भएका थिए। लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयले सूचीकृत भएका ५ जनाको नाम संक्षिप्त सूचीमा प्रकाशित गरेको थियो। समितिले उनीहरुसँग मंगलबार अन्तर्वार्ता लिएर ३ जनाको नाम मन्त्रिपरिषद्मा पठाएको थियो।

समितिले ज्ञवालीसहित विष्णुप्रसाद भट्टराई, रघुराज काफ्ले, रामदेव यादव र भीष्मराज ढुंगानालाई संक्षिप्त सूचीमा सूचीकृत गरेको थियो। लगानी बोर्ड नेपालको सीईओ बन्न ८ जनाले आवेदन दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार