ट्यांकरले ठक्कर दिएका युवकको उपचारका क्रममा मृत्यु

२०८१ भाद्र २८, शुक्रबार

वीरगन्ज : वीरगन्ज–१७ अलौंस्थित एकीकृत भन्सार जाँच चौकी (आइसीपी) चोकमा बिहीबार ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ।

आईसीपी चोकमा बिहीबार दिउँसो साढे ३ बजेतिर ना ६ ख ७५०३ नम्बरको ट्यांकरको ठक्करबाट ना २९ प ६९५१ मोटरसाइकल चालक वीरगन्ज–१७ अलौंका २२ वर्षीय टिनु कुमार साह तुराहा गम्भीर घाइते भएका थिए। वीरगन्जको गण्कस्थित बयोधा मेडिसिटी हस्पिटलमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।

दुर्घटना लगत्तै गम्भीर घाइते साहलाई उपचारका लागि सुरुमा बाराको नौतनस्थित एलएस न्यूरो अस्पतालमा  लगिएको थियो। त्यसपछि बयोधा मेडिसटी हस्पिटलमा भर्ना गरिएका साहको उपचारका क्रममा राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए। उनका अनुसार ठक्कर दिने ट्यांकर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार