टिकटकर देउवा झुण्डिएको अवस्थामा मृत भेटिइन्

२०८१ भाद्र २८, शुक्रबार

कैलाली : डडेल्धुराकी एक युवती मृत फेला परेकी छिन् ।

गन्यापधुरा गाउँपालिका-३ की २१ वर्षीया विमला देउवा घरमै मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक कार्कीले जानकारी दिए । विमला टिकटकरसमेत हुन् । टिकटकमा उनका २ लाख २४ हजार फलोअर छन् ।

बुधबार झुन्डिएको अवस्थामा मृत भेटिएकी देउवाको बारेमा अनुसन्धान भइरहेको कार्कीले बताए । विमलाका बुवाको केही समयअघि मृत्यु भएको थियो । दाजु भने विदेशमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार