पहिरोमा पुरिएर श्रीमान–श्रीमती घाइते, श्रीमतीको अवस्था गम्भीर

२०८१ भाद्र २८, शुक्रबार

डोटी : डोटीमा पहिरोले पुरिएर श्रीमान–श्रीमती घाइते भएका छन् ।

अविरल वर्षापछि गएराति घरमाथि खसेको पहिरोमा पुरिएर बड्डीकेदार गाउँपालिका–४ टिमुटेका ४५ वर्षीय तुलाराम जेठारा र उनकी ४० वर्षीय श्रीमती भागरथी जेठारा घाइते भएको प्रहरीले जनाएको छ । डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमलाल भट्टराईले घरमा सुतिरहेका बेला खसेको पहिरोले दुवै जना घाइते भएको जानकारी दिए । उनीहरु मध्ये भागरथीको अवस्था गम्भीर रहेको छ ।

दुवै जनालाई च्यापिएको अवस्थामा उद्दार गरिएको बताउँदै डीएसपी भट्टराईले पानी परिरहेका कारण उपचारका लागि स्वास्थ्य संस्था सम्म लैजान कठिनाइ भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार