बागलुङमा सरकारी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु

२०८१ भाद्र २८, शुक्रबार

बागलुङ : मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको गलकोट नगरपालिका–२ भुङखानीमा सरकारी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइतेको अवस्था गम्भीर छ ।

बागलुङ गलकोट–२ घुङखानीमा रा १ झ २०० नं को सरकारी सवारीसाधन दुर्घटना भएको छ । प्रहरी चौकी नरेठाँटी बागलुङका अनुसार बिहान पौने ९ बजे दुर्घटना भएको हो । दुर्घटना तीन महिला र एक जना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । एक जना घाइते भएका छन् । घाइतेको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

पीकअप गाडी सडकदेखि करिब ३०० मिटर तल खसेको प्रहरीको अनुमान छ । प्रहरीले अहिलेसम्म मृतकको पहिचान नखुलेको जनाएको छ । शव भीरमा भएकाले उद्धारमा कठिनाइ भएको छ ।

दुर्घटनास्थलमा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढा मगरको कागजपत्र भेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार