करेन्ट लागेर प्रशासकीय अधिकृतको ज्यान गयो

२०८१ भाद्र २८, शुक्रबार

महेन्द्रनगर : कञ्चनपुर स्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रशासकीय अधिकृत कृष्णदत्त जोशीको करेन्ट लागेर ज्यान गएको छ ।

शुक्रबार दिउँसो केन्द्रीय क्याम्पसमा प्रशासकीय अधिकृत जोशीको जलि रहेको टेलिफोनको तार रुखबाट काटेर भुईमा झरेका जोशी अचानक लडेको प्रत्यक्षदर्शी क्याम्पसका चौकीदार टेकेन्द्रराज विष्टले बताए । भीमदत्त नगरपालिका ८ तिलाचौरका जोशीका धर्मपत्नि र एक छोरा छन् । टेलिफोन तारसंगै विद्युतको लाइन पनि भएकाले जोशीले काटेको तारमा प्रवाह भएको करेन्ट लागेको हुन सक्ने आशंका गरिएको छ ।

तार जलेपछि नेपाल टेलिकम प्राविधिक टोली मर्मतका लागि क्याम्पस पुगको थियो । केही समय अघि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर बहादुर थापा सहित जोशीको आफन्त सहितले केन्द्रीय क्याम्पस पुगेर घट्ना स्थल अनुगमन गरेका छन् ।

जोशीको शव पोष्ट मार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक थापाले घट्ना बारे सोधपुछ भईरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार